के विश्वभरि बनेका खानेपानीका आधारभूत संरचनाहरुले दिगो विकास लक्ष्य (SDG) ६: “सबैकालागि स्वच्छ पानी सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित र सरसफाइको पहुँच सुनिश्चित गर्ने” पूरा गर्छ? यस प्रश्नको जवाफ ढुक्कका साथ ‘हो’ भनेर दिनु ठूलो कुरा हुनेछ र संस्थागत प्रयास र खानेपानी योजनाको संख्यामा भएको वृद्धिलाई ध्यानमा राख्दै हामीले यस दिगो विकासका लक्ष्यतर्फ भएको प्रगतिमा उत्सव मनाइरहनुपर्छ । तथापि, यो त्यति सजिलो कुरा होइन । जब खानेपानी योजना निर्माण हुन्छ, पानी संचालन भइरहनका लागि निरन्तर प्रयत्नको आवश्यक पर्दछ । उदाहरणका लागि, नेपालको पछिल्लो रिपोर्ट (२०१४) ले देशमा रहेका ५०% खानेपानी योजनाहरु मात्र राम्ररी काम गरिरहेको देखाउँछ[१] यसको अर्थ, ग्रामीण क्षेत्रका अधिकांश मानिसहरूले अझै पनि यो अत्यावश्यक तरल पदार्थ पाउन सकेका छैनन् वा गम्भीर अवरोधहरूको सामना गरेका छन् । उदाहरणका लागि, प्रति दिन सीमित घण्टा मात्र र/वा गुणस्तरहीन पानी प्राप्त हुनु हो । यस्ले हैजा, झाडापखाला, आँउ तथा अन्य रोग लाग्ने गर्दछ ।
खानेपानी प्रणालीको आधारभूत समस्याहरु
खानेपानी योजना संचालन सम्बन्धी चुनौतीहरू बहुआयामिक छन्। एउटा मुख्य मुद्दा भनेको भौतिक संरचना निर्माणमा बढी ध्यान दिनु हो । खानेपानी योजना निर्माण भइसकेपछि सञ्चालन र मर्मतको लागि आवश्यक पर्ने निरन्तर प्रयासलाई त्यती ध्यान दिइदैन । कालान्तरमा खानेपानी योजना संचालन भईराख्नका लागि भविष्यमा आवश्यक पर्ने खर्च सम्बन्धी ठोस योजना बनाउनु अत्यावश्यक छ। तथापि, रणनीति अल्पकालीन सोचाइ र देखापर्दा आइपर्ने चुनौतीहरूको समाधान गर्ने तर्फ नै प्रायशः उन्मुख भएको हुन्छ।
‘खानेपानीको व्यवस्था बिग्रिएपछि…, मर्मत गर्न रकम खोजिन्छ ।’
अर्को सामान्य चलन भनेको खानेपानी योजनाको डिजाईन आवश्यक भन्दा ठूलो आकारमा गर्नु हो । डिजाइन गर्ने समयमा उपभोक्ताहरूको दृष्टिकोणबारे अक्सर कुनै भरपर्दो जानकारी हुँदैन र आय र खर्चबीचको सन्तुलनलाई अक्सर बेवास्ता गरिन्छ । यसले सही योजना बनाउन बाधा पुऱ्याउँछ जस्ले गर्दा डिजाइनलाई वास्तविक परिस्थितिसँग ‘बेमेल’ हुने दिशा तर्फ लान्छ । अक्सर, खानेपानी योजना आवश्यकभन्दा ठूलो हुन्छ, जसले गर्दा स-साना प्रणालीहरूलाई चाहिने भन्दा बढी खर्च हुनुका साथै संचालनमा जटिलता पनि बढ्छ ।
‘त्यसैले कुनै-कुनै खानेपानी योजनाहरू असफल हुनको लागि सुरुदेखि नै डिजाइन गरिएका हुन्छन्।
‘यसबाहेक, स्थानीय समुदायले खानेपानी योजनाको समयमा नै मर्मत संभारका लागि पर्याप्त पैसा छुट्याएको हुँदैन । प्रणाली किन र कसरी बिग्रिन्छ, खानेपानीका कुनै पार्टसहरु चुहिनु, खिइनु तथा भत्किनु अघि तिनीहरुलाई कहिले बदल्नु पर्दछ भन्ने जानकारीको पनि अक्सर अभाव छ ।
‘यो प्रष्ट छ कि ग्रामीण खानेपानी सम्पत्तिहरु उच्च स्तरको काम नलाग्ने र न्यून स्तरको सेवा भएकाले पर्याप्त व्यवस्थापन हुन सकेको छैन । यो वर्तमान ध्यान प्रथम पहुँचमा दिनुको लक्षण हो जुन दीर्घकालिन सेवा वितरणमा रुपान्तरण हुन जरुरी छ । ग्रामीण जल क्षेत्रका अभियन्ताहरुले अन्य पूर्वाधार संरचना – ठूला तथा व्यावसायिक उद्योगहरूको अनुशरण गर्न र सम्पत्ति व्यवस्थापन पद्धति अपनाउन थाल्नु पर्ने आवश्यकता छ।‘ [२]
वास एलाइन्सको संयुक्त प्रयत्नहरु
सन् २०१९ देखि वास एलाइन्सले ग्रामीण तथा अर्ध- शहरी खानेपानी प्रणालीको व्यवस्थापन र मर्मत सम्भारमा सुधार ल्याउन एसेट म्यानेजमेन्ट औजारको विकासमा काम गर्दै आएको छ । यसमा संलग्न सबै सरोकारवालाहरू (खानेपानी उपभोक्ता समितिहरू, स्थानीय सरकारहरू, स्थानीय गैर सरकारी संस्था, निजी क्षेत्र, पानी उपभोक्ताहरु र पानी प्रदायकहरू) सँग मिलेर हामीले पानी प्रणालीको दिगोपनामा सुधार ल्याउने लक्ष्य राखेका छौं । हामी दीर्घकालीन योजना र सबल वित्तीय व्यवस्थापनका बारेमा स्थानीय सरोकारवालाहरुसँग मिलेर सचेतना बढाउँने तथा आवश्यक सीपहरू विकास गर्छौं ।
‘वाश एलायन्स (प्राक्टिका फाउन्डेसन, सिमावी, सिआईयुडी, लुमन्ती, रेन र स्मार्टटेक) का यो पहलकदमीलाई सहयोग गरेका साझेदारहरुले साना/मझौला ग्रामीण खानेपानी प्रणालीहरूको सम्पत्ति व्यवस्थापनका लागि विस्तृत पद्धति र डिजिटल औजारहरूको सेट विकास गरिरहेका छन् । यसो गर्दा सम्बन्धित सूचनाको संकलन भएको सुनिश्चित गरिन्छ र विभिन्न सरोकारवालाहरुको आवश्यकता र सीमासँग तादाम्यता हुने गरी प्रस्तुत गरिन्छ। नेपाल पाइलट चरणका लागि छनोट भएको छ ।’
यस वाश एलायन्स कार्यक्रम पहलले स्थानीय अभियन्ताहरूको आवश्यकता र क्षमताअनुरूप सम्पत्ति व्यवस्थापन सम्बन्धी औजारहरु विकास गरेर पानी सेवाहरूको दीर्घकालीन दिगोपनामा सुधार गर्ने अनुपम अवसर प्रदान गर्दछ। यस्को नेपालको खानेपानी सेवा प्रावधानको लागि मात्र महत्वपूर्ण नभई वाश एलायन्स कार्यक्रम भित्र र व्यापक ग्रामीण खानेपानी क्षेत्रलाई महत्व हुनेछ।
विकास सन्दर्भका लागि टेलर मेड सफ्टवेयर विकास
भौतिक संरचनाको सम्पत्ति व्यवस्थापनमा सुधार गर्ने नयाँ अवधारणा होइन, युरोपमा १९८० को दशकदेखि नै यसबारे चर्चा गरिएको छ र यस पद्धतिप्रति चासो अझै बढिरहेको छ । यो साधारणतया सबै प्रकारका सार्वजनिक पूर्वाधार (पुल, रेलमार्ग, सडक, ढल प्रणाली) मा लागू हुन्छ । धेरै विशिष्टीकृत कम्पनीहरुले यस विषयमा आफ्नो सेवा प्रदान गर्छन् र आजकल विभिन्न प्रकारका तालिमहरु उपलब्ध छन् । साथै, बजारमा व्यावसायिक सफ्टवेयर हरू सजिलै उपलब्ध छन् ।
तथापि, अधिकांश सफ्टवेयरहरु पश्चिमी दृष्टिकोणबाट बनाईएका छन् । यसको परिणामस्वरूप यी सफ्टवेयरहरु आफैमा पूर्ण छन तर पनि यी धेरै जटिल छन् । विकासोन्मुख राष्ट्रहरूका ग्रामीण वा (अर्ध) शहरी परिवेशका रहेका स्थानीय खानेपानी उपभोक्ता समिति तथा सेवा प्रदायकहरूले प्रयोग गर्न असाध्यै चुनौतीपूर्ण छन् । यी प्याकेजहरू चलाउन आवश्यक पर्ने उच्च सीप, तिनीहरूको अत्यधिक लागत मूल्यले गर्दा तिनीहरू स्थानीय खानेपानी उपभोक्ता समिति वा सेवा प्रदायकहरूको पहुँचबाट पूर्णतया बाहिर छन् ।
हाम्रो अर्को ब्लगमा सम्पत्ति व्यवस्थापन योजनाका अवयवहरु, कार्यान्वयन प्रक्रिया र खानेपानी प्रणालीको वित्तीय व्यवस्थापनमा यसको भूमिकालाई सम्बोधन गरिनेछ।
यो दस्तावेज प्राक्टिका फाउन्डेसनले वाश एलायन्स इन्टरनेसनलको सदस्य तथा वास दिगो विकास लक्ष्य कन्सोर्टियमको साझेदारको हैसियतमा तयार पारेको हो । थप जानकारीको लागि कृपया सम्पर्क गर्नुहोस्: [email protected]
[१] थप विवरणको लागि कृपया हेर्नुहोस्: https://www.who.int/globalchange/resources/wash-toolkit/participant-handbook.pdf
[२] थप जानकारीको लागि, कृपया Boulenouar, J. (2014) हेर्नुहोस्। Infrastructure asset management: a key building block for sustaining rural water services.