
विकास सन्दर्भमा खानेपानी प्रणालीका समस्याहरू समाधान गर्न किन सम्पत्ति व्यवस्थापन (एसेट म्यानेजमेन्ट) महत्त्वपूर्ण छ
के विश्वभरि बनेका खानेपानीका आधारभूत संरचनाहरुले दिगो विकास लक्ष्य (SDG) ६: "सबैकालागि स्वच्छ पानी सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित र सरसफाइको पहुँच सुनिश्चित गर्ने” पूरा गर्छ? यस प्रश्नको जवाफ ढुक्कका साथ 'हो' भनेर दिनु ठूलो कुरा हुनेछ र संस्थागत प्रयास र खानेपानी योजनाको संख्यामा भएको वृद्धिलाई ध्यानमा राख्दै हामीले यस दिगो विकासका लक्ष्यतर्फ भएको प्रगतिमा उत्सव मनाइरहनुपर्छ । तथापि, यो त्यति सजिलो कुरा होइन । जब खानेपानी योजना निर्माण हुन्छ, पानी संचालन भइरहनका लागि निरन्तर प्रयत्नको आवश्यक पर्दछ । उदाहरणका लागि, नेपालको पछिल्लो रिपोर्ट (२०१४) ले देशमा रहेका ५०% खानेपानी योजनाहरु मात्र राम्ररी काम गरिरहेको देखाउँछ[१] यसको अर्थ, ग्रामीण क्षेत्रका अधिकांश मानिसहरूले अझै पनि यो अत्यावश्यक तरल पदार्थ पाउन सकेका छैनन् वा गम्भीर अवरोधहरूको सामना गरेका छन् । उदाहरणका लागि, प्रति दिन सीमित घण्टा मात्र र/वा गुणस्तरहीन पानी प्राप्त…